‘भारतमा कोरोना संक्रमित निको हुने दर ५८ प्रतिशत, मृत्युदर तीन प्रतिशत मात्र’ : भारतीय स्वास्थ्यमन्त्री

भारतका स्वास्थ्यमन्त्री हर्षवर्धनले भारतका कोरोनाभाइरस (कोभिड १९)का सङ्क्रमितहरुमा निको हुने प्रतिशत ५८ रहेको जानकारी दिएका छन् ।

उनले भनेका छन् – भारतमा कोभिड १९ का सङ्क्रमितहरुमध्ये ५८ प्रतिशत निको भएका छन् ।

भारतमा शनिबारसम्ममा कम्तीमा पनि पाँच लाखलाई कोभिड १९ को सङ्क्रमण भएको र तीमध्ये कम्तीमा पनि तीन लाख मानिस निको भएर घर फर्किसकेका छन् ।

उनका अनुसार शनिबारसम्ममा करिब तीन लाख सङ्क्रमितलाई निको भएको छ । अरु पनि धेरै जना यसबाट निको भएको र घरजाने अन्तिम तयारीमा रहेको जानकारी उनले दिए ।

भारतका विभिन्न आठ राज्यका ती नागरिक निको भएर घर फर्किएका हुन् । त्यस्तै भारतमा निधन भएकाहरुमा ८७ प्रतिशत जति तिनै राज्यका नागरिक रहेको पनि उनले बताए ।

त्यसैगरी उनले भारतमा सङ्क्रमितहरुको मृत्यु दर तीन प्रतिशत मात्र रहेको बताए ।



उनले मृत्यु दर जम्मा तीन प्रतिशत रहेको जानकारी दिँदैै मृत्युदर अन्य राष्ट्रको अपेक्षा कम भएको बताए । पहिलेको तुलनामा दोब्बर हुने दर पनि बढेको उनको स्विकारोक्ति छ ।

उनले १९ दिनमा सङ्क्रमितको संख्या दोब्बर हुने गरेको जानकारी पनि दिएको समाचारमा जनाइएको छ ।



कोरोना सङ्क्रमणको परीक्षण गर्ने संख्या पनि बढेको स्वास्थ्यमन्त्री हर्षवर्धनको दाबी छ । भारतमा १ हजार २० प्रयोगशालामा शुक्रबार मात्र दुई लाख ३० हजार जनाको परीक्षण गरिएको उनले जनाए ।

उनले धरैभन्दा धेरै मानिसको कोरोना परीक्षणको व्यवस्था सरकारले मिलाएको जानकारीसमेत गराए ।

त्यसैगरी सो सङ्क्रमणबाट १५ हजार जनाभन्दा बढीको ज्यान गएको छ । गएको २४ घन्टायतामात्र १८ हजार भन्दा बढी नागरिक सङ्क्रमित भएको भेटिएका छन् । यो एकै दिन सङ्क्रमित भएकाहरुमा सबैभन्दा बढी संख्या हो ।

केही दिनयतादेखि हरेक दिन कम्तीमा पनि १४ हजार जना सङ्क्रमित हुने गरेका छन् । पछिल्लो समयमा थपिएका विरामीहरुका कारण भारतको अवस्था भयावह हुने देखिएको पनि बताइएको छ ।

स्वास्थ्यमन्त्री हर्षवर्धनले शनिबार कोरोना भाइरसको उपचारका लागि समन्वय गर्नुपर्ने भन्दै भारतका केन्द्रीय सरकार मन्त्रीहरुसँग भर्चुअल बैठक गरेका थिए ।

सोक्रममा उनले भारत सरकारले सङ्क्रमणको नियन्त्रणका लागि सक्दो प्रयासहरु गरिरहेको बताएको समाचारमा जनाइएको छ ।


 

  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार ८:३६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया