‘साउनमा कोरोना महामारी उत्कर्षमा पुग्ने, बाढी–पहिरो पनि बढी नै आउने’

सरकारले आगामी साउनमा कोरोनाभाइरस महामारी उत्कर्षमा पुग्ने तथा सोही वेला मुलुकभर वर्षाजन्य विपद् (बाढी–पहिरो) पनि व्यापक बन्ने आकलन गरेको छ ।

गृह मन्त्रालयअन्गर्तको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले साउनको दोस्रो र तेस्रो साता बाढी, पहिरोलगायत पानीजन्य विपद् एकैपटक खप्टिने अनुमान गरेको हो ।

‘कोभिड–१९ पनि यतिबेलै (साउन दोस्रो र तेस्रो साता) उत्कर्षमा पुग्ने आकलन छ’, प्राधिकरणले तयार पारेको ‘मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ ।

बाढी तथा डुबानको जोखिममा पनि तिनै जिल्ला देखिएका छन्, जहाँ अहिले कोरोना महामारी पनि सबैभन्दा बढी छ । यसलाई  डरलाग्दो संकेतको रुपमा हेरिएको सरकारी धारणा छ ।

कोरोना महामारीको सबैभन्दा बढी चपेटामा परेको नेपालको तराई क्षेत्र नै बाढीको पनि सबैभन्दा बढी जोखिममा रहेको सरकारले आकलन गरेको छ ।

‘प्रदेश नम्बर २ र प्रदेश नम्बर ५ मा बाढीजन्य जोखिम अत्यधिक हुने आकलन गरिएको छ’, –मनसुन पूर्वतयारी र प्रतिकार्य कार्ययोजना, २०७७’ मा भनिएको छ ।



यस वर्ष मुलुकभर बाढी तथा डुबानका घटना १२ लाख ५० हजार वटा हुने अनुमान सरकारले गरेको छ । त्यस्तै पहिरो २ लाख ५० हजार तथा पानीजन्य जोखिम १५ लाख गरी यस वर्ष जम्मा वर्षाजन्य विपद् ३० लाखवटा हुने अनुमान सरकारको छ ।
 



  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार ९:५९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया