कोकले अब सामाजिक सन्जालमा विज्ञापन नगर्ने

कोकाकोला कम्पनीले अब विभिन्न सामाजिक सन्जालमा आफ्नो विज्ञापन नगर्ने घोषणा गरेको छ । सामाजिक सन्जालमा हेट स्पिचलाई लिएर दबाब र आलोचना बढ्न थालेपछि कोकाकोलाले कम्तिमा पनि ३० दिनका लागि सामाजिक सन्जालमा विज्ञापन नगर्ने बताएको हो ।

कम्पनीका चेयरमेन तथा सिइओ जेम्स क्विन्सीले भनेका छन्, ‘विश्व नस्लवादका लागि कुनै स्थान होइन र सामाजिक सन्जाल पनि नस्लवादका लागि कुनै ठाउँ होइन ।’

उनले सामाजिक सन्जालले अझ बढी जवाफदेयी र पारदर्शी भएर अगाडि बढ्नु पर्ने पनि बताएका छन् । उनले फेसबुकले अब कुनै पनि पोस्ट समाचारअनुसार खतरनाक तथा भ्रामक भन्ने टिप्पणी गर्ने घोषणा गरेपछि यस्तो बताएका हुन् । 

उता, फेसबुकका संस्थापक मार्क जुकरबर्गले अब विभिन्न नस्ल, राष्ट्रियता, धर्म, जाति, लिंग वा प्रवासीका लागि खतरानक हुनसक्ने विज्ञापनहरु पनि फेसबुकले रोक्ने बताएका छन् । 





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १०:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया