सलह नियन्त्रणका लागि कृषिमन्त्रीले गरे बिज्ञसँग छलफल, मन्त्री भन्छन्,–‘नेपाल आएको सलहको बथान सानो छ’

नेपालमा सलह किरा शनिबार देखा परेको छ । नेपालमा देखा परेको सलह किराको ठूलो बथान भारतबाट आएको पाइएको छ ।

यसैबीच, सलह किराले पार्न सक्ने क्षति कम गर्न तथा दीर्घकालीन समाधानका लागि कृषि मन्त्रालयले आज बिज्ञहरुसँग छलफल गरेको छ ।

छलफलपछि सलाह किराको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरुसँग समन्वय गर्ने निर्णय भएको छ ।

छलफलमा विज्ञहरुले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए ।

विज्ञहरुको भनाइ सुनिसकेपछि मन्त्री भुसालले सलहको सो बथान नेपाल आउने सम्भावनाबारे भारतको कृषि मन्त्रालयका अधिकारी र संयुक्त राष्ट्रसंघको खाद्य तथा कृषि संगठनका अधिकारीहरुसँग समन्वय गरेर समाधान खोजिने बताएका थिए ।

हालसम्म नेपालमा देखिएको सलह किराको बथान सानो रहेको र यसले धेरै क्षति नपुर्याएको भन्दै कृषि मन्त्रालयले किसानहरुलाई नआत्तिन भनेको छ ।



नेपाल प्रवेश गरेका सलह, सलह पुगेको जिल्ला, त्यसले पुर्याएको क्षति, ती सलहको सम्भावित यात्रालगायतका विषयमा विस्तृत विवरण मन्त्रालयले आइतबारै पत्रकार सम्मेलन गरेर जानकारी दिने मन्त्री भुसालले बताए ।



  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १३:१४:१५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया