नवलपरासी पश्चिममा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु, रिपोर्ट आउन बाँकी

पश्चिम नवलपरासीको बर्दघाटमा क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ ।

बर्दघाट नगरपालिका–२ स्थित दिव्यज्योति बहुमुखी क्याम्पसको क्वारेन्टिनमा बसेका करिब ४५ वर्षीय पुरुषको आइतबार बिहान ५ बजे मृत्यु भएको हो ।

नगरपालिकाका स्वास्थ्य शाखाका अनुसार शनिबार राति करिब १२ः३० बजेको समयमा अचानक स्वास्थ्यमा समस्या आएपछि उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएकोमा उपचारको क्रममा आइतबार बिहान मृत्यु भएको हो ।

उनी असार १२ गते मात्रै भारतको मुम्बईबाट आएर क्याम्पसको क्वारेन्टिनमा बसेका थिए । उनले पहिलेदेखि नै मुटु र प्रेसरको औषधि नियमित सेवन गर्दै आएका थिए ।

कोरोनाभाइरस परीक्षणका लागि मृतकको स्वाब संकलन गरी प्रयोगशालामा पठाइ सकिएको छ । रिपोर्ट आउन भने बाँकी छ ।
 





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १४:२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया