भारतप्रति लक्षित गर्दै प्रधानमन्त्री ओलीले भने, ‘मलाई हटाउन त्यति सजिलो छैन’
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पयाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नयाँ नक्सा छापेर संविधान संशोधन गरेबापत आफूलाई हटाउने खेल भएको बताएका छन् ।

जननेता मदन भण्डारीको जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेसनले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको राष्ट्रियता त्यति कमजोर नरहेको स्पष्ट पारे ।

ओलीले देशको पक्षमा बोल्दा आफूलाई हटाउने निर्णय गरे भोलि अर्को प्रधानमन्त्री पनि बोलेकै भोलिपल्ट बर्खास्त हुने अवस्था आउने बताए ।

‘नेपालको राष्ट्रियता त्यति कमजोर छैन, नक्सा छापेबापत प्रधानमन्त्रीलाई कसैले हटाउँछु भन्छ भने, त्यो नसोचे हुन्छ’, भारतप्रति लक्षित गर्दै उनले भने, ‘कसैले कोसिस गर्न सक्छन् । हतार नगरे पनि हुन्छ । विभिन्न आग्रह नपाले पनि हुन्छ ।’

सो अवसरमा ओलीले आफूलाई प्रधानमन्त्रीको कुर्सीमा बसिरहने इच्छा नभएको बताए ।

‘मलाई प्रधानमन्त्रीमा बसिराख्ने इच्छा होइन, यतिबेला म हट्ने हो भने नेपालको पक्षमा कसैले बोल्दैन । बोले भोलिपल्टै बर्खास्त हुन्छ’, उनले भने ।
 





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १४:३८:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया