नेकपाकै नेता भन्छन्- आफ्नो कमजोरी लुकाउन भारतलाई दोष ?

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ आफ्नो कमजोरी लुकाउने प्रयास मात्र भएको उनकै पार्टी नेकपाका नेताले बताएका छन् । सत्तारुढ नेकपाका नेताहरुले नेपालमा आफ्नो कमजोरी लुकाउन भारतलाई दोष दिने चलन रहेको पनि बताएका छन् । 

प्रधानमन्त्रीको अभिव्यक्ति ‘सरकारको असफलता छोप्ने नियत’ भएको दाबी गर्दै एक नेताले भने, ‘पार्टी र सरकारको नेतृत्वमा असफल भइसकेपछि मलाई कसैले हटाउन खोज्यो भनेर हुन्छ ? पार्टी र सरकारको आन्तरिक समस्या हल गर्‍यो भने कसैले हटाउन खोजेर नहट्ने उनको भनाइ छ । 

ओलीले सहमति पालना नगर्ने र नेताहरुलाई उपयोग गर्ने नीति अख्तियार गरेकै कारण पार्टीमा गतिरोध देखिएको नेकपा नेताहरुको भनाइ छ । अर्का एक नेताले भने, ‘आन्तरिक समस्या समाधान नगर्ने, तर मलाई हटाउन खोज्यो भन्दैमा समस्या समाधान हुँदैन ।’

प्रधानमन्त्रीका सयौँ कमजोरी भए पनि अहिले उनलाई हटाउँदा गलत सन्देश जाने ती नेताहरुको भनाइ छ । 





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १७:५८:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया