एनआईसी एशिया लघुवित्तको आइपिओका लागि मागभन्दा पाँच गुणा बढी आवेदन

काठमाडौं– एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले जारी गरेको आइपिओमा मागभन्दा पाँच गुणा बढी आवेदन परेको छ । 

आइपिओ माग गर्दै ४ लाख १२ हजार ३ सय ३२ जनाले फारम भरेका छन् । अन्तिम तथ्यांक आउन बाँकी रहेकाले आवेदकको संख्या केही तलमाथि हुने सक्ने कम्पनीको भनाइ छ । 

अन्तिम दिन आइतबार साँझ ५ः३० बजेसम्ममा २ करोड २९ लाख ६८ हजार ८७० कित्ता शेयरका लागि आवेदन दिएका छन् । यो कम्पनीले माग गरेकोभन्दा ५ दशमलव १६ गुणाले बढी हो । 

उक्त कम्पनीको आइपीओ जनही १० कित्ताका दरले सबैले पाउने लगभग निश्चित छ । मागभन्दा बढी आवेदन परेकाले उक्त कम्पनीको आईपीओ बिक्रीको निष्कासन बन्द गरिएको छ । 

कम्पनीले कुल ४७ लाख ५५ हजार कित्तामध्ये ७४ हजार कर्मचारीका लागि, २ लाख ३७ हजार ८०० कित्ता सामूहिक लगानी कोषका लागि र ४४ लाख ४३ हजार २०० कित्ता सार्वजनिक निष्कासनमार्फत बिक्री आह्वान गरेको हो । 

१ अर्ब ४५ लाख चुक्ता पुँजी रहेको उक्त कम्पनीको आइपिओ बिक्रीपछि चुक्तापुँजी १ अर्ब ४८ करोड पुग्नेछ ।





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १८:३५:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया