असार १६ गते मंगलबारका लागि नेपाली कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक

काठमाडौं- नेपाली कांग्रेसको पदाधिकारी बैठकले असार १६ गते केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बसेको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।

असार १६ गते दिउँसो १ बजेका लागि केन्द्रीय समिति बैठक बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए । आगामी फागुन ७ देखि १० सम्मका लागि तय भएको महाधिवेशन के गर्ने भन्ने सन्दर्भमा सो बैठक बोलाइएको हो । 

कोरोना संकटका कारण क्रियाशील सदस्यता वितरण र नवीकरणका काम रोकिएकाले आगामी बैठकले १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्न सक्ने बताइएको छ । 
 





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १८:५०:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया