बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघको आक्रमणमा परी दुई घाइते

बर्दिया– बर्दियामा पाटेबाघको आक्रमणमा परी २ जना घाइते भएका छन् । बर्दिया राजापुरको वन क्षेत्रमा बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको बाघले मानिसलाई आक्रमण गरेको हो ।

पाटेबाघको आक्रमणमा परी राजापुर नगरपालिका–१० लालपुर गाउँका मोहन थारु र मझेराका दयाराम थारु घाइते भएका छन् । मोहनलाई गाउँनजिकै भैँसी चराउने क्रममा र दयारामलाई दिउँसो बाघ लखेट्न जाँदा बाघले आक्रमण गरेको हो ।

मोहनको दायाँ हात, बायाँ खुट्टा र पिठ्युँमा गम्भीर चोट लागेको छ भने दयारामको टाउको र दुवै कन्चटमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ । दुवैलाई उपचारका लागि नेपालगन्ज मेडिकल कलेजमा लगिएको छ । 





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार १९:२:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया