नियम मिचेर ओम्नी समूह र युटिएलका मालिकलाई टेलिकमको डिलर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको ठाडो निर्देशनमा नियम मिचेर विवादास्पद ओम्नी समूहलाई टेलिकमको डिलरको जिम्मेवारी दिइएको छ । ओम्नीसँगै प्रधानमन्त्री केपी ओलीका घनिष्ट सहयोगी दीपक मलहोत्रालाई पनि सरकारले नियम मिचेर डिलरको जिम्मेवारी दिएको छ । 

मलहोत्रा अर्को टेलिफोन कम्पनी युटिएलका पनि साझेदार हुन् । युटिएलका साझेदारलाई नियम मिचेर टेलिकममा प्रवेश गराइनुलाई अवैध मानिएको छ । 

टेलिकमको रिचार्ज कार्डको डिलर बन्न दुई वर्ष सबडिलर भएको अनुभव हुनुपर्छ । तर सबडिलर बनेको अनुभव नभएका दुई कम्पनीलाई पहुँचका आधारमा डिलरको जिम्मेवारी दिइएको हो ।  

ओम्नी र मलहोत्रालाई डिलर बनाउन प्रधानमन्त्री निवासबाट टेलिकममा ठाडो दबाब दिएको बुझिएको छ । अहिले टेलिकमका ४५ वटा डिलर कम्पनी छन् । 

भारतीय कम्पनी युटिएल अहिले निष्क्रियप्रायः छ । सो कम्पनीलाई पुनर्जीवित गर्न र टेलिकमको विजनेस एनसेलमा लैजाने प्रयोजनका लागि ओम्नी र मलहोत्रालाई टेलिकममा भित्राइएको कर्मचारीहरुको आरोप छ । 





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार २०:४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया