सलह टिपेर दुई जनाले पाए १ सय ७० रुपैयाँ

दक्षिण एशियाली देशहरुमा अहिले निकै ठूलो तनाव बनेको सलह नेपालमा पनि प्रवेश गरिसकेको छ । शनिबार पहिलो पटक नेपालमा सलह प्रवेश गरेको समाचार आएको थियो । अहिले त सलह नेपालमा तराइका अधिकांश जिल्लामा पुगिसकेको छ । तर, सलहले नेपालमा खासै धेरै असर नगर्ने सरकारी अनुमान छ ।

शनिबार नेपालमा सलह प्रवेश गरेको थाहा भएसँगै प्रदेश ५ को सरकारले एउटा निर्णय गर्यो– सलह टिपेर ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँ दिने ।

सामाजिक सन्जालमा यसको व्यापक हाँसो गरियो । प्रदेश पाँचको सरकारले गरेको यो निर्णयलाई निकै आलोचना पनि गरिएको छ ।

तर, आइतबार सलह बोकेर दुई बालबालिका बुटवल उपमहानगरपालिकाको वडा नम्बर ४ मा पुगेका थिए । उनीहरुले सलह टिपेर पैसा पाउनु पर्ने भन्दै वडा कार्यालय पुगेका थिए ।

यी दुई बालबालिका थिए– अच्युत न्यौपाने र सविना थारु । अच्युतले टिपेको सलह ५ किलो र सविनाले टिपेको सलह साढे ३ किलो रहेछ । 

वडाले उनीहरुलाई महानगरपालिकाको कार्यालय पठायो । अनि उनीहरुलाई उपमहानगरपालिकाको कार्यालयले २० रुपैयाँ प्रतिकिलो हिसाबले पैसा दिएको छ ।



उनीहरुले ल्याएको सलह चाहिँ कुखुरा पाल्ने किसानलाई दिइएको छ ।



  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार २०:२५:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया