सिन्धुपाल्चाेकमा काेराेना संक्रमित ३० जना

सिन्धुपाल्चोकमा आइतबार थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। इन्द्रावती गाउँपालिका–५ का ३५ वर्षीय पुरुषमा कोरोना संक्रमण पोजेटिभ भेटिएको हो।  वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईँले संक्रमित भारतबाट आएको बताए।

असार ५ गते भारतबाट फर्केर तिपेनीस्थित क्वारेन्टिनमा बसेका उनको ११ गते परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिएको थियो। संक्रमण पुष्टि भएपछि संक्रमितलाई उपचारको लागि मेलम्चीस्थित क्षेत्रीय आइसोलेसनमा ल्याइएको छ।  

जिल्लामा योसमेत संक्रमितको संख्या ३० पुगेको छ। संक्रमित एक महिलाको भने मृत्यु भइसकेको छ। मुलुकमा कोरोनाबाट मृत्यु हुने उनी पहिलो थिइन्। संक्रमित चार पुरुष भने उपचारपछि निको भएर घर फर्किसकेका छन्। उनीहरु पुरुष हुन्। दुई भारत र दुई दोलखाबाट फर्केका थिए।  





  • प्रकाशित मिति : असार १४, २०७७ आइतबार २०:२८:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया