Thu, 09 Jul, 2020


सुशान्तबारे प्रहरीले फेरि एकपटक किन सोध्दै छ उनको परिवारलाई ?
फरकधार / असार १४, २०७७

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु भएको केही समय भइसकेको छ । तर, प्रहरीले यसबारे छानबिन अझै सकेको छैन । अहिलेसम्म प्रहरीले २७ जनालाई यसबारे सोधपुछ गरेको भारतीय मिडियाले जनाएका छन् ।



पोस्टमार्टमको फाइनल रिपोर्टमा सुशान्तलाई एस्फिक्सियाका कारण मृत्यु भएको जनाइएको छ । यो भनेको शरीरमा पर्याप्त मात्रामा अक्सिजन नहुनु हो ।

अब उनको विसरा रिपोर्टको प्रतीक्षा प्रहरीले गरेको छ । यो रिपोर्ट आएपछि उनको मृत्युबारे थप खुलासा हुने बताइएको छ ।

भारतीय मिडियामा चाहिँ सुशान्तको परिवारसँग फेरि एकपटक सोधपुछ गरिने बताइएको छ । प्रहरीले सुशान्त र रिया चक्रवतीको कम्पनीसँग जोडिएका विषयमा सोधपुछ गर्ने बताइएको छ । यसका लागि फेरि एकपटक सुशान्तको परिवारलाई सोधपुछ गर्न लागिएको हो ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्