काठमाडौं– निजी विद्यालयको संस्था प्याब्सन र एन प्याब्सनले आइतबार शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोख्रेललाई ज्ञापनपत्र बुझाएका छन् । सरकार आफ्नो मागमा उदासीन रहेको गुनासो गर्दै आएका उनीहरुले आफ्नो माग पूरा गर्न असार १९ गतेसम्मको अल्टिमेटम दिएका छन् ।
अहिले कोरोना महामारीका कारण जारी लकडाउनका कारण शैक्षिक गतिविधि बन्दप्रायः छ । सोही कारण शैक्षिक शुल्क पनि उठाउन नपाएको र सरकारले पनि कुनै सहुलियत प्रदान नगर्दा पीडामा परेको उनीहरुको भनाइ छ ।
असार १९ सम्ममा उचित कदम नचाले अनलाइन कक्षा पनि सञ्चालन गर्न नसक्ने र कार्यालय बन्द गरी कर्मचारीलाई पनि तलबभत्ता दिन नसक्ने चेतावनी दिएका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।