सुशान्तको परिवारसँग भेटेपछि के दिए नाना पाटेकरले प्रतिक्रिया ?

पटनामा बलिउडका अभिनेता सुशान्त सिंह राजपूतको परिवारलाई भेट्न अर्का अभिनेता नाना पाटेकर आइतबार पुगेका छन् । जब उनी सुशान्तको परिवारलाई भेटेर घरबाट बाहिर निस्किए, मिडियाहरुले उनलाई निकै धेरै प्रश्न सोधेका थिए । 

राजीवनगरमा रहेको सुशान्तको घर पुगेका नानाले चाहिँ मिडियाका प्रश्नमा खासै केही प्रतिक्रिया दिएनन् ।

सुशान्तको तस्वीरमा माल्यार्पण गरेका नानाले मिडियाका दर्जनौँ प्रश्नमा भने– मलाई थाहा छैन, तपाईंहरुले के सोध्नु भएको हो तर मैले सुशान्तका पितासँग भेटेँ र यो दुःखको घडीमा सांत्वना दिएँ ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ४:५२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया