बार्सिलोनालाई पछि पार्दै रियल म्याड्रिड पुनः शीर्ष स्थानमा

स्पेनिस ला–लिगा फुटबलअन्तर्गत गएराति भएको खेलमा स्पानियोलमाथि १–० को कठिन जित हात पार्दै रियल म्याड्रिड लिगको शिर्ष स्थानमा उक्लिएको छ ।

स्पानियोलको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन क्यासिमिरोले गरेको एक मात्र गोल प्रर्याप्त बनेको थियो ।

क्यासिमिरोले पहिलो हाफको थप गरिएको समयमा करिम बेन्जेमाले उपलब्ध गराएको पासलाई गोलमा परिणत गरेका थिए ।

यो जितसँगैै रियल म्याड्रिडले बार्सिलोनोसँग २ अंकको स्पष्ट अग्रता कायम गरेको छ । समान ३२ खेल खेलेको रियलले ७१ तथा बार्सिलोनाले ६९ अंक जोडेका छन् ।

पराजय बेहोरेको स्पानियोलको भने रेलिगेसनको खतरा बढेर गएको छ । स्यानियोल समान खेलबाट मात्र २४ अंक जोडेर लिगको अन्तिममा छ ।

गएराति नै भएका अन्य खेलमा भिल्लारियलले भ्यालेन्सियामाथि २–० को जित हात पारेको छ ।



त्यस्तै, लेभान्तेले रियल बेटिसलाई ४–२ ले तथा एइबारले ग्रानाडालाई २–१ ले पराजित गरेको छ । 
 



  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार ७:१६:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया