Thu, 09 Jul, 2020


विद्युत् परियोजना सञ्चालनका लागि एडिबीको २४ अर्ब सहयोग
फरकधार / असार १५, २०७७

एशियाली विकास बैंक (एडिबी) ले नेपालको विद्युत् आपूर्ति र वितरण प्रणालीमा सुधार गर्न २४ अर्ब रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउने भएको छ ।     



नेपालस्थित एडिबीको कार्यालयका अनुसार विद्युत् आपूर्ति क्षमता विस्तार, गुणस्तर र विश्वसनीयता सुधारका लागि ऋण सहयोग गर्न लागिएको हो ।

सहयोग रकम  विद्युत् उत्पादन र भारप्रेषण केन्द्रको सुदृढीकरणका लागि खर्च गरिने बताइएको छ ।     
     
दक्षिण एसियाली उपक्षेत्रीय आर्थिक सहायता परियोजना अन्तर्गत आउने यो ऋणबाट काठमाडौं उपत्यका, भरतपुर महानगरपालिका क्षेत्र, वागमती प्रदेश, पोखरा, कास्की र गण्डकी प्रदेशमा निरन्तर हुने विजुली आपूर्तिमा हुने अवरोध न्यूनीकरणका लागि काम हुने बताइएको छ । 
त्यस्तै प्रदेश २ मा पनि यो ऋणबाट खर्च हुने छ ।
     


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्