स्मार्टडोकोमा आइएमएस ग्रुपको लगानी


आइएमएस ग्रुपले ई–कमर्श प्लेटफर्म स्मार्टडोकोमा लगानी गर्ने भएको छ । 
नेपालमा अनलाइन सपिङको भविष्य उज्वल रहेको भन्दै ग्रुपले स्मार्ट डोकोमा लगानी गर्ने सम्झौता गरेको हो । 
१५ असार देखिनै स्मार्ट डोकोको हिस्सेदारी प्राप्त हुने कम्पनीले जनाएको छ । 
कम्पनीले कति प्रतिशत हिस्सेदारी प्राप्त गरेको भन्ने विषयमा भने खुलाएको छैन । 
स्मार्ट फोन र अनलाइन क्षेत्रमा भएको विकाससँगै ई–कमर्शमा पनि ठुलो सम्भावना रहेको ग्रुपका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्राले वताए । 
उनले भने, ‘विश्व महामारीको चपेटामा परिरहेको बेला ग्राहकहरू आक्रामक रूपमा अनलाइन शपिंगको प्रयोग गरिरहेको अवस्थामा हामीले निकट भविष्यमा ई–कमर्सको व्यवसाय फस्टाउँदै जाने देखेकोले स्मार्टडोकोमा लगानी गरेका हौं ।’
अव स्मार्टडोकोको ग्राहक अनुभवमा उल्लेख्य वृद्धि गर्नु आप्mनो उद्देश्य रहेको उनको भनाइ छ । ग्राहकको सकारात्मक र नकारात्मक प्रतिक्रियाबाट धेरै सचेत  रहँदै ग्राहकका जिज्ञासालाई सम्बोधन गर्नु र निर्देशित गर्ने उनको भनाइ थियो ।
 त्यस्तै, वेबसाइट र मोबाइल एप्लीकेशनलाई सुधार गर्दै स्मार्टडोको प्रयोगकर्तालाई सहज र आकर्षक इण्टरफेसको अनुभव गराउने उनले वताए । 
स्मार्ट डोकोले अधिकृत कम्पनीहरूबाट केवल जेनुइन सामान अर्डर गर्न र केही घण्टामै ग्राहकको ढोकामा पु¥याउन सहज सुविधा प्रदान गर्दै आएको जनाएको छ । 
कम्पनीले रिङरोड भित्र निःशुल्क डेलिभरी, रिवार्ड पोइन्ट सिस्टम, स्मार्टडोको एक्सक्लुसिभ उत्पादन, सजिलो रिटर्न पोलिसी, छुट कुपन, बहु भुक्तानी विकल्पलगायत सुविधासमेत दिँदै आएको छ । 


 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १४:२८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया