पाकिस्तानको कराँचीमा स्टक एक्सचेन्जको कार्यालयमा आक्रमण, सातको मृत्यु

पाकिस्तानको सबैभन्दा ठूलो सहर कराँचीमा रहेको पाकिस्तान स्टक एक्सचेन्जको भवनमा बन्दुकधारीले आक्रमण गरेका छन् । घटनामा आक्रमणकारीसहित कम्तिमा पनि सात जनाको निधन भएको छ । यीमध्ये चार जना आक्रमणकारी रहेको बताइएको छ ।

कराँचीमा रहेका पत्रकारहरुले विभिन्न सन्चारमाध्यममा दिएको जानकारीअनुसार आज विहान १० बजेतिर त्यहाँ आक्रमण भएको थियो । 

घटनामा घाइते भएका तीन जनालाई अस्पतालमा भर्ना गरिएको छ । 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १६:५०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया