चीनमा कोरोनाभाइरस संक्रमित बढ्न थालेपछि ४ लाख मानिस रहेका विभिन्न स्थानहरुमा कडा लकडाउन लगाइएको छ ।
हेबेई प्रान्तको एन्जिन काउन्टीमा यो लकडाउन लगाइएको हो ।
गत वर्ष पहिलो पटक कोरोनाभाइरस संक्रमण चीनको हुवेई प्रान्तमा देखिएको थियो । तर, चीनले कोरोना नियन्त्रणमा निकै प्रभावकारी काम गर्न सफल भएको छ ।
दोस्रो लहर नआओस् भन्नका लागि अहिले चीनले थोरै मानिसमा संक्रमण देखिए पनि निकै सचेत भएर काम गरिरहेको छ ।
आइतबार हेबेइको यो स्थानमा अधिकारीहरुले लकडाउन गर्ने घोषणा गरेका हुन् । त्यहाँ अब अत्यावश्यकबाहेकका अन्यलाई घरबाट बाहिर निस्किन दिइने छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।