साम्राज्ञीलाई लक्षित गर्दै भुवनले लेखे– सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ?

काठमाडौं– हलिउड, बलिउडका नायिकाहरुले आफूले फिल्म उद्योगमा संघर्ष गर्ने वेला भोग्नुपरेका तिता अनुभव सेयर गर्ने लहर नै चलेको छ । त्यो क्रम नेपाली फिल्म उद्योगमा पनि सुरु भएको छ । सोही क्रममा एक नायिकाले आफूले भोगेको नमीठो अनुभव इन्स्टाग्राममार्फत सेयर गरेकी थिइन् । 

सोही भनाइप्रति लक्षित गर्दै नेपाली फिल्म उद्योगका पुराना नायक तथा निर्माता भुवन केसीले एक नेपाली नायिकालाई अभिनय गर्न नजान्ने भन्दै कटाक्ष गरेका छन् । आफूनिर्मित फिल्म ‘ड्रिम्स’बारे नकारात्मक अभिव्यक्ति दिएकोमा ती अभिनेत्रीलाई भुवनले ‘जुन थालमा खायो त्यही थाल प्वाल पार्ने ?’ भनेर असन्तुष्टि व्यक्त गरेका छन् । 

भुवनको फिल्म र अभिनेत्रीको नाम त लिएका छैनन्, तर उनको कटाक्ष नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहप्रति लक्षित हो भनेर अनुमान गर्न गाह्रो छैन । किनकि साम्राज्ञीले केही दिनअघि आफ्नो इन्स्टाग्राममार्फत एक भिडियो सार्वजनिक गर्दै ३ वटा फिल्ममा काम गर्दा नमीठो अनुभव भोगेको र आफूमाथि दुर्व्यवहार भएको बताएकी थिइन् ।

साम्राज्ञीले ‘ड्रिम्स’बाट डेब्यु गरेकी हुन् । भिडियोमा उनले फिल्ममा अभिनय गर्ने क्रममा मेकरले नराम्रो व्यवहार भोगेको खुलासा गरेकी थिइन् । भुवनले दिएको प्रतिक्रिया साम्राज्ञीलाई नै लक्षित गरेको बुझिन्छ ।

भुवनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘खान नपाएको भन्दै सामाजिक सञ्जालमा रोइकराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ?, जुन थालमा खाने, त्यही थालमा दुलो पार्ने ? सामाजिक सञ्जालमा गर्नेबराबर अभिनय फिल्ममा पनि गरे हुने नि !’

<





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १७:११:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया