‘पारित नक्सा न प्रमले दिएको व्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी !’

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई प्रधानमन्त्रीबाट हटाउने खेल सुरु भएको भनेर आइतबार दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसले कडा टिप्पणी गरेको छ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ट्विट गर्दै ‘भारतद्वारा अतिक्रमित भूमि समेटेर संसद्बाट पारित नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी नभएको’ बताएका छन् । 

देशको नयाँ राजनीतिक नक्सा उनले दिएको व्यक्तिगत अटोग्राफ नभएको टिप्पणी गर्दै शर्माले लेखेका छन्, ‘पारित नक्सा न प्रमले दिएको व्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी !’ 

प्रधानमन्त्रीले अतिक्रमित भूमि फिर्ता गराउने कूटनीतिक पहल नगरेर नयाँ नक्सालाई सत्ता रक्षाको कवच बनाउन खोजेको आरोप लगाउँदै शर्माले ओलीको प्रवृत्ति राजनीतक र कूटनीतिक नभएको बताएका छन् । 

सरकार कोरोनासँग जुध्न असफल भएपछि जनताले परिवर्तन खोज्दा सहयोद्धाहरुले पद जोगाइदिएको स्मरण गराउँदै कांग्रेस प्रवक्ता शर्माले पद जोगाउने सहयोद्धाहरुलाई धन्यवाद दिन प्रधानमन्त्री ओलीलाई सुझाब दिएका छन् ।

यस्तो छ शर्माको ट्विटः ​



 



  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १७:३३:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया