मन्त्रिपरिषद्को बैठक जारी, आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा छलफल हुने

काठमाडौं– सोमबार साँझ ६ बजेदेखि प्रधानमन्त्रीनिवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । 

बैठकले आन्तरिक उडान सञ्चालन र लकडाउनका विषयमा निर्णय गर्न सक्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

साथै बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि चाल्नुपर्ने थप कदमका विषयमा पनि छलफल हुने अपेक्षा गरिएको छ । 

यसअघि सोमबारै क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)को बैठकले होम क्वारेन्टिनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको थियो । 





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १८:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया