काठमाडौं– महानगरीय प्रहरी वृत्त कालिमाटीले स्रोत नखुलेको ६५ लाख ८ हजारसहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले काठमाडौं महानगरपालिका–१४ कुलेश्वरबाट २५ वर्षीय भारतीय नागरिक रविशंकर सिंह र बारा जितपुरका ४७ वर्षीय रमेश सिंहलाई पक्राउ गरेको हो ।
उनीहरु सोमबार दिउँसो ३ बजे पक्राउ परेका हुन् ।
महानगरीय प्रहरी परिसर काठमाडौंले हुण्डी कारोबार भएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरेको हो । परिसरका अनुसार कालीमाटीबाट खटिएको टोलीले शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरूको खानतलासी गर्दा ६५ लाख आठ हजार बरामद गरेको हो ।
उनीहरूमाथि थप अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।