अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । ट्रम्विरुद्ध अमेरिकी सरकारले पक्राउ पुर्जी जारी गरेको भने होइन ।

अमेरिकासँग लामो समययता दुस्मनी रहँदै आएके इरानले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो । इरानले ट्रम्पसहित अन्य ३५ विरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । 

उनीहरु सबैविरुद्ध क्विड फोर्सका कमान्डर जनरल कासिम सुलेमानीको हत्या गरेको अभियोग छ । इरानले उनीहरुलाई पक्राउ गर्न इन्टरपोलसँग सहयोग समेत माग गरेको छ । 

पुर्जी जारी गरिएकामध्ये ट्रम्पको मात्रै नाम सार्वजनिक गरिएको छ । अन्यको पहिचान खुलाइएको छैन । अमेरिकाले गत जनवरीमा इराकमा ड्रोन हमला गरेर सुलेमानीको हत्या गरेको थियो ।





  • प्रकाशित मिति : असार १५, २०७७ साेमबार १९:४३:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया