Fri, 03 Jul, 2020


लकडाउनमा कडाइ गर्ने तयारी
फरकधार / असार १५, २०७७

काठमाडौं– सरकारले लकडाउनमा कडाइ गर्ने तयारी गरेको छ । सोमबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)को बैठकले लकडाउनको मोडालिटीलाई व्यवस्थित बनाउने निर्णय गरेको हो ।



अहिले खुलेका विभिन्न क्षेत्रलाई बन्द नगर्ने तर खुलेका ठाउँमा प्रोटोकलको पालना नभएकाले जोखिम बढ्ने खतरा बढेको भन्दै यसको निगरानी गर्ने बताइएको छ । 

सिसिएमसीले विदेश पढ्न जानेका लागि भाषा परीक्षा दिलाउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयलाई आग्रह गर्ने भएको छ । टोफेल आइएलटिएसको परीक्षा गर्नका लागि निर्देशिका तयार पार्ने जिम्मेवारी शिक्षा मन्त्रालयलाई दिइएको छ ।

त्यस्तै, विदेशबाट आउनेहरूका लागि होम क्वारेन्टिनमा बस्न चाहेमा त्यसको व्यवस्था मिलाउने जिम्मेवारी स्वास्थ्य मन्त्रालयलाई दिइएको छ ।


फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामाग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्