दक्षिण एसियास्तरको सबभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप एक वर्ष पछि सरेको छ ।
नेपाली राष्ट्रिय फुटबल टोलीले सहभागिता जनाउने यस प्रतियोगिताको अर्को संस्करण एक वर्ष (सन् २०२१) पछि धकेलिएको हो ।
कोरोनाभाइरसका कारण खेलकुदका अधिकांश प्रतियोगितामा असर पर्दा साफ च्याम्पियनसिप पनि अर्को वर्ष मात्र आयोजना हुने भएको हो । सामान्य अवस्था भए साफ च्याम्पियनसिप यो वर्ष हुने पर्ने थियो ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले आफ्ना सदस्य सात राष्ट्रका फुटबल संघका महासचिवसँग सोमबार जुममार्फत गरेको छलफलपछि साफ अर्को वर्ष आयोजना गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।
साफमा नेपालसँगै भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान सदस्य छन् ।
जुममार्फत गरिएको छलफलमा नेपालको तर्फबाट एन्फाका महासचिव इन्द्रमान तुलाधरले बैठकमा भाग लिएका थिए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।