नेशनल पेमेन्ट गेटवे स्थापनाको तयारीमा राष्ट्र बैंक
राजस्व संकलन तथा सरकारी भुक्तानी अनलाइनमार्फत गर्न सकिने

 

आफ्नै विद्युतीय भुक्तानी प्रणाली नहुँदा नेपालले डिजिटल कारोबारका लागि विभिन्न अन्तरराष्ट्रिय पेमेन्ट गेटवेलाई शुल्क तिर्नु परिरहेको छ । यो अवस्था अन्त्य गर्न नेपाल राष्ट्र बैंकले चाँडै नै नेशनल पेमेन्ट गेटवे स्थापनाको तयारी गरेको छ 
गेटवे सञ्चालनमा आएपछि राजस्व संकलन र सरकारी भुक्तानी हुँदै अन्य कार्यमा प्रयोग गरिने बताइएको छ ।
यसअघि नै गेटवेको प्रविधि किनिसके पनि सञ्चालनमा आएको छैन । यसलाई छिटो सञ्चालनमा ल्याउने तयारी भइरहेको राष्ट्र बैंकको भनाइ छ । 
बैंकहरूको विद्युतीय कारोबारका लागि भने राष्ट्रिय भुक्तानी द्वार (नेशनल पेमेन्ट स्वीच) आवश्यक पर्ने राष्ट्र बैंकले जनाएको छ ।

गेटवेले सरकारी कारोबारलाई मात्र समेट्ने भएपछि आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमा छुट्टै नेशनल स्वीच स्थापना गर्ने तयारी भइरहेको बताइएको दिएको छ । 
नेशनल पेमेन्ट गेटवेबाट सबै खालका विद्युतीय भुक्तानी र कारोबार सम्भव नहुने भएकाले छुट्टै प्रणालीको नेशनल स्वीच स्थापना गर्न मौद्रिक नीतिबाट सम्बोधन गर्न लागिएको बताइएको छ । 
अहिले नेपालका बैंकहरूले विदेशी स्वीचका माध्यमबाट डेबिट क्रेडिट कार्ड र एटीएमको भुक्तानी दिने गरेका छन् । 
भुक्तानी प्रणालीलाई सुरक्षित, आधुनिक र विद्युतीय बनाउने घोषणा चालू आवको बजेटले समेत गरेको छ । 
बैंकरहरूको मागअनुसार सरकारले विद्युतीय प्रणालीमा आधारित वित्तीय सेवा विस्तार गर्दै दुर्गम क्षेत्रमा बैंकिङ पहुँच अभिवृद्धि गर्न शाखारहित, मोबाइल र इन्टरनेट बैंकिङ सेवा उपलब्ध गराउने भनेको थियो । 
राजस्व संकलनमा मात्र सीमित नगरी नेशनल गेटवेमार्फत बैंक तथा वित्तीय संस्थामार्फत हुने सबै कारोबारको पहुँच पुग्ने व्यवस्था गनुपर्नेमा बैंकरहरूले जोड दिएका छन् । 
 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १३:३६:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया