क्रिकेट संघले गर्यो समिति विस्तार

नेपाल क्रिकेट संघ (क्यान)ले आफ्ना चार समिति विस्तार गरेको छ । क्यानले यसअघि नै बनाइएका प्रतियोगिता, प्राविधिक, आर्थिक र सञ्चार समितिलाई पूर्णता दिएको हो ।

प्रशान्तविक्रम मल्ल संयोजक रहेको प्रतियोगिता समितिमा दाउद अन्सारी, ऋषिराम गौतम, विक्रम विष्ट र कैलाश विष्टलाई सदस्य बनाइएको नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

त्यस्तै सञ्जयराज सिंह संयोजक रहेको प्राविधिक समितिमा वीरेन्द्रबहादुर चन्द, अमितवीर पाण्डे, अरुणकुमार अर्याल र सञ्जय गुरुङलाई सदस्यमा मनोनयन गरिएको छ।

त्यसैगरी रोशनकुमार सिंहको संयोजकत्वमा आर्थिक समिति बनाइएको छ । उक्त समितिका सदस्यमा माधव कर्माचार्य र दुर्गाराज पाठक छन् ।

सञ्चार समितिको संयोजकमा अशोकनाथ प्याकुरेल तथा सदस्यमा भानुभक्त सिग्देललाई सदस्यका रूपमा चयन गरिएको छ ।

अध्यक्षमा चन्द निर्वाचित भएपछि क्यानको पहिलो बोर्ड बैठकले चार समिति गठन गरेको थियो । चन्दले भने, ‘हामीले अन्य समिति बनाउने योजना बनाएका छौँ ।’
 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १४:४१:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया