नागरिकतामा महिला र पुरुषमाथि विभेद गरिएको भन्दै जसपाको प्रदर्शन



नागरिकता विधेयकमा विभेदकारी व्यवस्था कायम रहेको भन्दै जनता समाजवादी पार्टी (जसपा)ले विरोध प्रदर्शन गरेको छ । मंगलबार काठमाडौंको माइतीघर मण्डलबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर टुंगिएको थियो । प्रदर्शनमा पार्टीका शीर्ष नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव तथा  पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायत नेतासमेत सहभागी थिए ।  

प्रदर्शन गर्दै जसपाले नागरिकता विधेयकमा छोरा र छोरीबीचको विभेद अन्त्य गर्न माग गरेको छ । विदेशबाट बिहे गरेर नेपाल ल्याएकी बुहारीलाई सात वर्षपछि मात्रै अंगीकृत नागरिकता प्रदान गरिने तर नेपाली युवतीसँग विवाह गरेर नेपालमै बस्न चाहने युवकको लागि व्यवस्था नभएको भन्दै विरोध प्रदर्शन भएको जसपाका एक नेताले बताए । 

 नागरिकता विधेयकमा जनता समाजवादी पार्टी र कांग्रेसले यस अघि भएको व्यवस्थालाई नै कायम राख्न सरकारलाई दबाब दिइरहेका छन् ।

 सत्तारुढ दल नेकपाले विदेशी महिला नेपाली पुरुषसँग विवाह गरेर आएको ७ वर्षपछि मात्रै नागरिकता दिने व्यवस्था गर्ने निर्णय गरिसकेको छ । नागरिकता विधेयक संसदमा छलफलको लागि पेससमेत भइसकेको छ ।





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १५:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया