काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी राष्ट्र भारतप्रति लक्षित गर्दै आफूलाई हटाउने खेल सुरु भएको भनेको केही दिनमै नेपाली राजनीति तरंगित बनेको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जारी स्थायी कमिटीको बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीको राजीनामा माग गरे ।
मंगलबार अध्यक्ष प्रचण्डसँगै, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमलगायतले ओलीको कार्यशैलीको आलोचना गर्दै यही तरिकाले पार्टी अघि बढ्न नसक्ने चेतावनी दिए । दुई अध्यक्षबीच त भनाभन नै भएको थियो ।
अध्यक्ष दाहालले ओलीलाई सबै मोर्चामा असफल भइसकेको भन्दै तत्काल प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवैबाट राजीनामा दिन दबाब दिएका छन् ।
अध्यक्ष दाहालले प्रधानमन्त्रीको राजीनामा भारतले नभएर आफैँले मागेको भन्दै दुवै पद छाड्न दबाब दिए । तपाईं अब पार्टी र सरकार दुवैबाट बाहिरिनुस् भन्दै अध्यक्ष दाहालले भारतसँग लडेर अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित बनाउन नसक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।