काठमाडौं– तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ दल नेकपाको विवाद उत्कर्षमा पुगेका वेला निर्वाचन आयोगमा ‘नेकपा एमाले’ दर्ताका लागि आवेदन परेको छ ।
तत्कालीन नेकपा एमाले र तत्कालीन माओवादी केन्द्र एकीकरण भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि हाल नेकपा एमाले अस्तित्वमा छैन ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार आयोगमा ‘नेकपा एमाले’ नामको दल दर्ताको निवेदन प्राप्त भएको छ ।
‘आयोगले सो निवेदनमाथि जाँचबुझ गर्दै छ । दर्ताका लागि निवेदन दिएको पार्टीको अध्यक्षको नाम सन्ध्या अधिकारी लेखिएको आयोगले जानकारी गराएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।