असी करोड जनतालाई पाँच महिनालाई पुग्ने खाद्यान्न वितरण गर्ने मोदीको घोषणा, सीमा विवादबारे केही बोलेनन्

एजेन्सी– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री मोदीले मंगलबार राष्ट्रको नाममा सम्बोधन गर्दै ८० करोड नागरिकका लागि निशुल्क पाँच महिना पुग्ने खाद्यान्न उपलब्ध गराउने घोषणा गरेका छन् ।

यसअघि पनि भारतले कोरोना भाइरसबाट प्रभावित आफ्ना नागरिकका लागि ठूलो संख्यामा राहतको घोषणा गरेको थियो ।  

प्रधानमन्त्री मोदीले जनताको लापरवाही बढ्दै गएकाले थप संकट निम्तिने खतरा रहेको औँल्याएका छन् । साथै उनले लकडाउन सही निर्णयमा गरिएकाले भारतमा लाखौँको ज्यान जोगिएको दाबी गरे । 

मिहिनेती किसान र इमानदार करदाताका कारण सरकार निःशुल्क खाद्य सामग्री वितरण गर्न सक्षम रहेको बताउँदै मोदीले​ किसान र करदातालाई धन्यवाद दिए ।

करिब १७ मिनेटको सम्बोधनमा उनले चीन–भारत सीमा विवादबारे भने केही बोलेनन् । 





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार १९:२५:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया