अर्थमन्त्री र स्वास्थ्यमन्त्रीलाई भेटेर कांग्रेसले भन्यो– विशेष राहतका कार्यक्रम ल्याउनुस्

काठमाडौं– मंगलबार नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महत नेतृत्वको प्रतिनिधि मण्डलले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र अर्थमन्त्री युवराज खतिवडासँग भेट गरेर कोरोना प्रभावितलाई विशेष राहतको व्यवस्था गर्न माग गरेका छन् । महत नेपाली कांग्रेसद्वारा गठित कोभिड–१९ अनुगमन समितिका संयोजक समेत हुन् । 

अर्थमन्त्रीसँगको भेटमा कांग्रेसले लकडाउनबाट प्रभावित उद्योगधन्दा सूचारुका लागि उपयुक्त आर्थिक सहयोगको व्यवस्था गर्न माग गरेको छ । त्यसैगरी, विभिन्न देशबाट फर्किएका युवाको रोजगारीको व्यवस्था गर्न पनि माग गरेको छ ।

कांग्रेसले गरिब र बेरोजगारलाई रोग र भोकबाट बचाउन विशेष राहतका कार्यक्रम ल्याउन, वैदेशिक रोजगारमा गएका युवाहरुलाई स्वदेश फर्कन लाग्ने हवाई भाडामा विशेष सहुलियत प्रदान गर्न पनि सुझाब दिएको छ ।

त्यस्तै, साना मझौला र अनौपचारिक व्यवसायलाई विशेष सहयोगको प्याकेज ल्याउन, क्वारेन्टाइन तथा अन्य आवश्यक स्वास्थ्य उपकरण व्यवस्थापनको लागि स्थानीय तहलाई प्रयाप्त र समयमै बजेट उपलव्ध गराउन पनि माग गरेको छ ।

स्वास्थ्य मन्त्रीसँगको छलफलमा कांग्रेसले स्थानीय तहलाई समयमै प्रयाप्त रकम उपलव्ध गराउन, स्वास्थ्य उपकरणको खरिद र गुणस्तरको बारेमा पारदर्शिता अपनाउन, ननकोभिड रोगको (दीर्घरोगी, प्रसुती सेवा, खोप, मानसिक समस्या जस्तै डिप्रेसन आदि) उपचारको बारेमा विशेष ध्यान दिन सुझाव दिएको छ ।  

क्वारेन्टाइनको उचित व्यवस्थापन, पीसीआर परिक्षणको दायरा बढाउन, विदेश र छिमेकी मुलुकबाट आउने नेपालीहरुलाई सुरक्षित र व्यवस्थित क्वारेन्टाइनको व्यवस्था गर्न माग गरेको थियो । त्यसैगरी, आत्महत्या, बलात्कार, महिला हिंसा जस्ता सामाजिक समस्याको रोकथाम गर्न सुझाब दिएको छ।





  • प्रकाशित मिति : असार १६, २०७७ मंगलबार २०:४६:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया