लिग लिडर युभेन्टस विजयी

इटालियन सिरी–ए फुटबलअन्तर्गत गएराति भएको खेलमा लिग लिडर युभेन्टसले जिनोआमाथि ३–१ गोलअन्तरको जित दर्ता गरेको छ ।

जिनोआको घरेलु मैदानमा भएको खेलमा पाहुना टोलीलाई जित दिलाउन पाउलो डिबाला, क्रिस्टियानो रोनाल्डो र डोउग्लास कोस्टाले १–१ गोलको योगदान दिए भने घरेलु टोलीका लागि आन्द्रेय पिनामोन्टीले १ गोल र्फकाएका थिए ।

खेलको ५० औं मिनेटमा जुवान कोड्राडोको पासलाई सदुपयोग गर्दै डिवालाले पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

५७ औं मिनेटमा मिरालम प्यानिकको पासलाई सदुपयोग गर्दै रोनाल्डोले युभेन्टसको अग्रतालाई दोब्बर बनाए भने ७३ औं मिनेटमा डिवालाको पासलाई कोस्टाले गोलमा परिणत गर्दै आफ्नो टोलीलाई ३–० को स्थितमा पु¥याएका थिए ।

घरेलु टोलीका ७६ औं मिनेटमा गोल सम्भव भएको थियो ।

जितसँगै युभेन्टसले दोस्रो स्थानको लाजियोसँग ४ अंकको दूरी कायम कायम राखेको छ । समान २९ खेल खेलेका युभेन्टसको ७२ अंक हँुदा लाजियोको ६८ छ ।
पराजय बेहोरेको जिनोआ समान खेलबाट २६ अंकको साथमा १७ औं स्थानमा छ ।



गएराति नै भएको अर्को खेलमा टोरिनो लाजियोसँग २–१ ले पराजित भयो । 
 



  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार ७:५७:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया