परामर्श लिन भन्दै प्रधानमन्त्रीले मन्त्रीहरुलाई बालुवाटार बोलाए
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुलाई आज बिहान बालुवाटारस्थित निवासमा बोलाएका छन् । मन्त्रीहरुसँग उनले परामर्श लिन आँटेका हुन् ।

पार्टी भित्रैबाट सरकारको आलोचना भइरहेको बेला प्रधानमन्त्री ओलीले मन्त्रिपरिषदका सदस्यहरुसँग परामर्श गर्न लागेको बालुवाटार उच्च स्रोतले जनाएको छ ।
परामर्शका लागि मन्त्रीहरु बिहान करिब ७ बजेदेखि नै बालुवाटारमा भेला भएका छन् ।

स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा परेका छन् । साथै, पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि ओलीमाथि असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।

प्रधानमन्त्री ओलीले मंगलबार स्थायी कमिटी बैठक अगाडि र पछाडि गरी दुईपटक राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका थिए । वर्तमान अवस्था र सत्ता–समिकरणलगायत विषयमा राष्ट्रपतिसँग उनले परामर्श गरेको बताइन्छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार ८:२०:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया