कोरोनाभाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको सङ्ख्या पाँच लाख १३ हजार ९२९ पुगेको छ ।
साथै विश्वभर एक करोड पाँच लाख ८६ हजार ५९१ जना सङ्क्रमित भएका वर्ल्डोमिटर्सको जानकारी दिएको छ ।
कोरोनाभाइरसका कारण बिरामी भएका ५७ लाख ९५ हजार ९७१ जना निको भएका छन् ।
चीनको हुबेइ प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोनाभाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।