गण्डकीमा आज २८ जना कोरोनाभाइरस संक्रमित थपिए

गण्डकी प्रदेशमा आज २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा गरिएको परीक्षणमा छ जिल्लामा २८ जनामा बुधबार बिहान कोरोना पुष्टि भएको हो ।
योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ९९४ पुगेको छ ।

नवलपुरमा १० पुरुष र दुई जना महिलासहित १२ जना, गोर्खामा एक महिला दुई पुरुष गरी तीन जना, कास्कीमा एक पुरुष, स्याङजामा तीन महिला र पाँच पुरुष गरी आठ जना, बाग्लुङमा तीन महिला र तनहुँमा एक महिलामा कोरोना पुष्टि भएको छ ।

सबै सङ्क्रमितलाई सम्बन्धित जिल्लामा रहेका आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

प्रदेशमा हालसम्म कोरोनाले दुई पुरुषको मृत्यु भएको छ ।





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १०:२३:६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया