नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको पाँचौ बैठक बालुवाटारमा शुरु भएर केही सदस्यले बोलेपछि भोलि ११ बजे पुनः बस्ने गरी स्थगित भएको छ । नेताहरू संसदमा जानुपर्ने भएकाले बैठक स्थगित भएको हो ।
आज पाँचजना नेताले धारणा राखेपछि बैठक स्थगित गरिएको हो ।
बैठकमा स्थायी कमिटी सदस्यहरू लीलामणि पोखरेल, योगेश भट्टराई, मातृका यादव, एनके प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।
प्रतिनिधिसभा बैठकमा आज निधन भएकी सांसद ज्ञानकुमारी छन्त्यालको निधनमा शोक व्यक्त गर्न जानुपर्ने भन्दै बैठक स्थगित गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।