नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आगामी आइतबारसम्मका लागि स्थगित भएको छ । पार्टीकी सांसद ज्ञान कुमारी छन्त्यालको निधनमा शोक प्रस्ताव पारित गर्दै बैठक आइतबारसम्मका लागि स्थगित गरिएको बताइएको छ ।
बिहीबार कांग्रेसले पार्टीको केन्द्रीय कार्यालय बन्द गर्ने, पार्टीको झण्डा आधा झुकाउने तथा कुनै औपचारिक कार्यक्रम नगर्ने निर्णयसमेत गरेको छ ।
मङ्गलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा महाधिवेशन कार्यतालिका, नागरिकता विधेयकलगायतका विषयमा छलफल भइरहेको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।