काठमाडौं– पूर्वसञ्चार तथा सूचना, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम विस्फोट गराउने मुख्य योजनाकार पक्राउ परेका छन् । पक्राउ परेका ऐनबहादुर शाही भन्ने विजय शाही नै सो बम विस्फोटको मुख्य योजनाकार रहेको प्रहरीको भनाइ छ ।
पूर्वमन्त्री बाँस्कोटाको घरमा गत फागुन २८ गते बिहान बम विस्फोट भएको थियो । सो विस्फोट नेत्रविक्रम चन्द (विप्लव) समूहका भक्तपुरका सेक्रेटरी रहेका शाहीको नेतृत्वमा गराइएको प्रहरीले यसअघि नै सार्वजनिक गरेको थियो ।
प्रहरी परिसर भक्तपुरका अनुसार स्थायी घर भएका शाहीलाई ठिमीबाट पक्राउ गरिएको हो । बम विस्फोटमा संलग्न रहेको अभियोगमा यसअघि नै अभिषेक भन्ने टेकबहादुर विक, अमृतबहादुर कुमाल, लक्ष्मण सेठी, देवीबहादुर गुरुङ पक्राउ परेका थिए ।
उनीहरुमध्ये देवीबहादुर गुरुङ चैत ३० गते साधारण तारेखमा रिहा भएका छन् । अन्य तीनजनालाई भने पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।