नेपाललगायत तीन सार्क राष्ट्रका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक नियुक्त

काठमाडौं– विश्व बैंकले नेपाललगायत तीन सार्क राष्ट्रका लागि नयाँ राष्ट्रिय निर्देशक नियुक्त गरेको छ । विश्व बैंकका तर्फबाट नेपाल, माल्दिभ्स र श्रीलंकाको नेतृत्वका लागि अमेरिकी नागरिक जर्भोस नियुक्त भएका हुन् । 

बुधबारदेखि नै लागू हुने गरी उनलाई नियुक्त गरेको विश्व बैंकले जनाएको छ । जर्भोसले करिब ५ अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालू कार्यक्रमको नेतृत्व गर्ने गर्नेछन् । यसअघि जर्भोस नेपालका लागि विश्व बैंकका राष्ट्रिय प्रबन्धक थिए । 

यसअघि उनले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकको रूपमा काम गरिसकेका छन् । उनले खाडी सहकार्य राष्ट्रहरूमा प्राविधिक सहकार्य प्रबन्धकका रूपमा, इराकमा मिसन प्रमुखका रूपमा र वेष्ट बैंक र गाजा क्षेत्रमा सञ्चलन प्रबन्धकका रूपमा काम गरिसकेका छन् ।





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १७:३३:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया