कुन जिल्लामा कति थपिए कोरोना संक्रमित ?

काठमाडौं– नेपालमा बुधबार थपिएका ४८२ कोरोना संक्रमितमध्ये ११७ जना महिला र ३६५ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार  पछिल्लो २४ घण्टामाा झापाका २१, सिराहाका २, सुनसरीका १, इलामका २, मोरङका ३, ताप्लेजुङका १, धनुषाका २१, महोत्तरीका ३६, पर्साका १, गोरखाका ३, कैलालीका १६, पर्वतका १, जुम्लाका १, काठमाडौंका १०, चितवनका १२, नवलपरासीका १२, बाराका १, भक्तपुरका २ र ललितपुरका ५ जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी, अछामका १२६, बझाङका १८, बाजुराका ४३, बैतडीका १, डोटीका १८, कैलालीका १०, कञ्चनपुरका १०, बागलुङका ३, स्याङजाका ८, तनहुँका १, कास्कीका ३, लमजुङका १०, अर्घाखाँचीका १, गुल्मीका १, पाल्पाका २, बाँकेका ११, बर्दियाका ११, दैलेखका २, कालिकोटका २, सल्यानका १५, सुर्खेतका २२ र दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ । तीमध्ये १ हजार ७ सय ७४ महिला र १२ हजार २७२ जना पुरुष रहेको मन्त्रालयले जनाएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १७:५२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया