तीन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गर्न प्राध्यापक संघको माग

काठमाडौं– देशभरका प्राध्यापकहरुको छाता संगठन नेपाल प्राध्यापक संघले तीनवटा विश्वविद्यालयमा उपकुलपतिलगायत पदाधिकारी नियुक्त गर्न माग गरेको छ ।

सरकारले केही महिनाअघि त्रिभुवन विश्वविद्यालयमा पदाधिकारी नियुक्त गरे पनि नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालय पदाधिकारीविहीन छन् ।

संघले यसअघि पनि पदाधिकारी नियुक्त गर्न माग गर्दै ध्यानाकर्षण गराएको स्मरण गराउँदै त्यसमा कुनै चासो नराख्दा ती विश्वविद्यालयमा पठनपाठनलगायत महत्वपूर्ण कार्यहरु गम्भीर रुपमा प्रभावित भएको जनाएको छ ।

यथाशीघ्र पदाधिकारी नियुक्तिको माग गर्दै प्राध्यापक संघले अन्यथा विरोधका कार्यक्रम सार्वजनिक गर्ने चेतावनी दिएको​ छ ।





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार १९:१७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया