प्रधानमन्त्रीलाई गलाउन दाहाल–नेपाल पक्ष रणनीतिक बैठकमा

काठमाडौं– प्रधानमन्त्री केपी ओलीको राजीनामाको माग गर्दै आएका नेकपाका दाहाल–नेपाल पक्षका शीर्ष नेताहरु रणनीतिमा लागेका छन् । 

ललितपुरको​ झम्सीखेलस्थित एक होटेलमा उनीहरुको बैठक चलिरहेको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ, सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापालगायत सहभागी छन् । 

छलफलमा पर्यटनमन्त्री योगेश भट्टराई र उद्योगमन्त्री लेखराज भट्टबाहेक दाहाल–नेपाल पक्षका अधिकांश स्थायी समिति सदस्य सहभागी रहेको बुझिएको छ । 

अध्यक्ष दाहालले बिहीबार बिहान स्थायी कमिटीका सबै सदस्यलाई आफ्नो निवास खुमलटार बोलाएको​ नेकपा स्रोतले बताएको छ । 





  • प्रकाशित मिति : असार १७, २०७७ बुधबार २०:४१:५८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया