चट्याङ लागेर आज बिहान बारा जिल्लामा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । उनीहरु जिल्लाको कलैया उपमहानगरपालिका र फेटा गाउँपालिकाका हुन् ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार खेतमा धान रोपिरहेका बेला परेको चट्याङ लागेर कलैया नपाको शीतलपुरमा दुई महिला र फेटा गाउँपालिकाको त्रिवेणी टोलमा दुई महिलाको मृत्यु भएको हो ।
त्यस्तै, त्रिवेणी टोलका सात जना घाइते भएको प्रहरीले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।