घट्यो सुनचाँदीको मूल्य


लगातार केही दिन देखि लामो उकालो लागेको सुनको मूल्य बिहीबार केही घटेको छ । बिहीबार सुनको मूल्य तोलामा ७ सयले घट्दै ९१ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

 

मूल्यमा भएको निरन्तर वृद्धिले सुनचाँदीको कारोबारमा मन्दी आएको छ । विवाहको सिजनमा पनि कारोबार नहुँदा कसरी अगाडि बढ्ने भन्ने तनावमा रहेको सुनचाँदी व्यवसायी दीपक रिजालले बताए ।

 

 उनका अनुसार हाल सुन किनेर गहना बनाउने ग्राहक अत्यन्त न्यून छन् । बेच्न खोज्ने ग्राहक भने पसलमा पुगिरहे पनि व्यवसायीले खासै किनेका छैनन् । बजारमा नयाँ सुन किनेर गहना बनाउने भन्दा पुरानो सुनकै गहना बनाउने ग्राहकको उपस्थिति बढेको उनले बताए ।  

 



बिहीबार चाँदीको मूल्य घटेको छ । बुधबारको तुलनामा  चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको महासंघको भनाइ छ । चाँदी तोलाको ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।



  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १३:२०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया