दाङमा एक युवतीले गरिन् ‘फेसबुक लाइभ’ आत्महत्या

दाङको तुलसीपुरमा एक युवतीले फेसबुक लाइभ गरेर आत्महत्या गरेकी छन् । तुलसीपुर उपमहानगरपालिका–५ रानीजरुवाकी करिब २३ वर्षीया एलिसा गौतमले आज बिहान घरकै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन् ।

एलिसाले राति साढे १ बजेतिर आत्महत्या गर्न लागेको सूचना पाएपछि तुलसीपुरबाट इन्सपेक्टर झलकप्रसाद शर्माको कमाण्डमा प्रहरी टोली रानीजरुवा प्रस्थान गरेको थियो ।

तर, घर पत्ता लगाउन नसक्दा बिहीबार बिहान ३ः३० बजेमात्र प्रहरीको टोली युवतीको घरमा पुगेको थियो । कोठाभित्र युवती सिलिङ फ्यानमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।


 





  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १३:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया