लकडाउनले थलियो चिया क्षेत्र
मुना टिप्ने तथा तयारी चिया बेच्ने काम रोकिँदा संकटमा उद्योगी र मजदूर


मुना टिप्ने मुख्य सिजनमै लकडाउन भएपछि चिया क्षेत्र नराम्ररी थलिएको छ । चियाका ‘पहिलो टिपाइ’ बेच्ने समयमा कोरोनाका कारण लकडाउन भएपछि चिया उद्योगी घाटामा गएका हुन् । कोरोना महामारीका कारण भएको लकडाउनले एकातिर किसानले चिया टिपेर प्रशोधित क्षेत्रसम्म पु¥याउन सकेनन् भने अर्कातिर उद्योगमा प्रशोधन गरिएको चिया पनि बजारमा पु¥याउन नसक्दा समस्या भएको छ ।

 

विशेषगरी चैतको दोस्रो साताबाट चियाको ‘पहिलो टिपाइ’ शुरु हुन्छ । यो चियाको अन्य सिजनको भन्दा गुणस्तरीय हुने भएकाले महँगोमा बिक्री हुन्छ तर यस वर्ष भने सोही समयमा लकडाउन भएपछि गुणस्तरीय चिया टिप्न नसकिएको किसानको भनाइ छ । गुणस्तरीय चिया नै प्रशोधन गर्न नसकिएपछि लाखौँको घाटा व्यहोर्नु परेको इलाम नगरपालिका–४ को जसवीरे चिया प्रशोधन केन्द्रका सञ्चालक शरद सुब्बाले बताए । मुख्य सिजनमै उद्योग बन्द गर्नुपरेकाले तेस्रो मुलुकबाट चियाको माग आए पनि पठाउन नसकिएको सुब्बाको भनाइ छ ।

 

‘हामीले चीनलगायत  तेस्रो मुलुकमा तयारी चिया पठाउने गरेका थियौं, यो वर्ष अन्तर्राष्ट्रिय बजार ठप्प हुँदा अझैसम्म पनि पठाउन सकिएको छैन,’ सुब्बाले भने, ‘चिया किनेर प्रशोधन गरेर तयारी अवस्थामा राखे पनि बिक्री नहुँदा किसान र श्रमिकलाई दिने रकमसमेत छैन ।’ उनका अनुसार लकडाउनको समयमा चिया बिक्री त भएन नै श्रमिक र किसानलाई हातमुख जोड्ने रकमको समेत समस्या प¥यो । त्यही सिजनमा चियाको भुक्तानी पनि दिन नसक्दा धेरै चिया किसान–श्रमिक रिसाएको सुब्बाको भनाइ छ ।

 



पछिल्लो समय चिया बिक्री हुन नसकेपछि केही दिन उद्योग नै बन्द गर्नुपर्दा घाटा व्यहोर्नु परेको सूर्योदय नगरपालिकास्थित गोर्खा टी स्टेटका प्रमुख उदय चापागाईँले बताए । विभिन्न संस्था र व्यक्तिको सहयोगले प्रशोधन उद्योग खुले पनि बजारमा चिया पु¥याउन भने अझै समस्या रहेको चापागाईँको भनाइ छ । ‘एक चोटिको चिया चाहिँ गइसक्यो । लकडाउनकै समयमा भारतले चिया भन्सारमै रोकिदिएपछि पनि जान ढिला भयो’, चापागाईँले भने,  । अहिले भने अवस्था सामान्य भएको उनको भनाइ छ ।


चिया बजारसम्म नपुगे पनि आफूले श्रमिक र किसानलाई पारिश्रमिक तथा चियाको भुक्तानी  भने नरोेकेको उनले बताए । लकडाउनको चपेटामा परेका बेला श्रमिक र किसानको हातमुख जोड्ने वस्तु चियासमेत बिक्री नहुँदा समस्या आउन सक्ने भएकाले रकम भुक्तानी गरिसकेको उनको भनाइ थियो ।



 

लकडाउनका कारण यस वर्ष पहिलो सिजनमा करिब  ६० लाख रुपैयाँ घाटा भएको केन्द्रीय चिया सहकारी सङ्घका महासचिव रविन राईको भनाइ छ । लकडाउनले चिया उत्पादित जिल्लामध्ये तराई क्षेत्रका जिल्लामा चियामा बढी घाटा व्यहोर्नु परेको महासचिव राईले बताए ।
 

  • प्रकाशित मिति : असार १८, २०७७ बिहीबार १४:२४:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया